२८ जेठ २०८३, बिहीबार

महिनावारीमा यी काम गर्न नभूल्नुस्

मंसिर २१, २०७६
महिनावारीमा यी काम गर्न नभूल्नुस्

किशोरास्था पार गरेसँगै महिलामा महिनावारी सुरु हुन्छ। २८ दिनको अवधिमा हुने महिनावारीका बेला रगत बग्ने भएकाले थकान महसुस हुन्छ, साथै स्वास्थ्यमा पनि शिथिलता आउन सक्छ । तर, महिनावारी भएका बेला कतिपय कुरा अन्जानवश गरिन्छ। के गर्न मिल्ने के गर्न नमिल्ने भन्ने बारे थाहा नहुँदा कतिपय गर्न नहुने कुरा पनि गरिरहेका हुन्छौं ।

तसर्थ महिनावारी भएको समय निम्न कामहरु भुलेर पनि गर्नुहुँदैन।

–  महिनावारीका बेला सरसफाइमा ध्यान दिन जरुरी हुन्छ।  जथाभावी कपडाको प्रयोग गर्नुहुँदैन । महिनावारीका बेला स्यानिटरी प्याड वा नरम कपडा मात्र प्रयोग उत्तम मानिन्छ।

– स्यानिटरी प्याड वा नरम कपडा फेरि रहनुपर्छ। एउटा स्यानिटरी प्याड राखेको ६ घण्टा भएपछि अर्को स्यानिटरी प्याड फेर्नुपर्छ ।

– महिनावारी भएको बेला सकेसम्म दिनहुँ नुहाउनु पर्छ। र, गोप्य अंग राम्ररी सफा पानीले पखाल्नुपर्छ ।

– महिनावारीको बेला प्रयोग भएका कपडा साबुन पानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।

– स्यानिटरी प्याड प्रयोग गरिसकेपछि भने नबिर्सीकन साबुन पानीले हात धुनुपर्छ ।

– महिनावारी भएका बेला पौष्टिक तथा झोलिलो खानेकुरा बढी खानुपर्दछ ।

 

salt training

कमेन्ट गर्नुहोस्