
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमाका बारेमा नेपालले भारतीय पक्षसँग स्पष्ट धारणा राख्न नसकेको बताएका छन्।
भारतले आफ्नो आन्तरिक नक्शामा लिपुलेक, कालापानी र लिम्पियाधुरा राखेपछि बहस भैरहेका बेला पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले सीमा विवाद मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताए।
उनले लिपुलेकमा भारत र चीनको मात्रै ट्रान्जिट प्वाईन्ट किन बनाइयो ? र नेपाललाई किन राखिएन? भन्दै कडा प्रश्नसमेत तेर्साए ।
१८१६ मा नेपाल र ब्रिटिश सरकारबीच भएको सुगौली सन्धिका आधारमा नेपालको सिमाना दार्चुलाको काली नदी भएको उनको भनाइ छ। १९६२ सालमा चीन र भारतबीच युद्ध भएको र भारतले युद्ध हारेपछि चिनियाँ भूभागबाट पछि हटेर कालापानीमा आफ्नो सेना राखेर बसेको पनि केसीले दृष्टान्त सुनाए ।