१४ असार २०८३, आइतबार

पाइपलाइनमा साढे ६ अर्बको आईपीओ

मंसिर २२, २०७६
पाइपलाइनमा साढे ६ अर्बको आईपीओ
फाइल तस्वीर

सेयरको दोस्रो बजार लगातार ओरालो लागेर लगानीकर्ता हतोत्साही मानसिकतामा पुगेका बेला साढे ६ अर्बभन्दा बढी मूल्यको सेयर निष्काशनका लागि पाइपलाइनमा छ। नेपाल धितोपत्र बोर्डमा ६ अर्ब ५४ करोड १६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको सेयर र म्युचुअल फन्डका इकाइ निस्काशनका लागि स्वीकृति माग्दै विभिन्न कम्पनीले निवेदन दिएका छन्।

वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी अभाव चुलिएपछि सेयर बजारमा निरन्तर गिरावट देखिएको छ। यस्तो बेला ४ अर्ब ४० करोडभन्दा बढीको प्राथमिक सेयर निष्काशन (आईपीओ) पाइपलाइनमा छ। साढे ३३ करोडको आईपीओ जारी गर्न बोर्डले स्वीकृति दिइसकेको छ। थप १ अर्ब ८० करोड बराबरको सामुहिक लगानी कोष बिक्री गर्ने तयारी भएको छ।

बेर्डका अनुसार शिव श्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लख रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति पाइसकेको छ। उक्त सेयरमा २ अर्ब १३ करोड रुपैयाँभन्दा धेरै मूल्यको आईपीओ जलविद्युत् कम्पनीले मात्रै जारी गर्दै छन्। पछिल्लो समय जलविद्युत् प्रतिसेयर लगानीकर्ताको धारणा नकारात्मक हुँदै गएको बेला यति ठूलो परिमाणमा नयाँ सेयर बिक्रीका लागि खुला गर्ने तयारी हुँदै छ। शिव श्री र सुभम पावरले यसअघि स्थानीय समुदायलाई छुट्टयाएर पनि बिक्री गर्न नसकेको सेयरसमेत थपेर आईपीओ जारी गर्दै छन्।

युनाइटेड मर्दी एन्ड आरबी हाइड्रोपावरले स्थानीय समुदाय र सर्वसाधारणलाई बिक्री गर्न १० करोड ५० लाखको सेयर जारी गर्दै छ। लिबर्टी इनर्जीले पनि ३७ करोड ५० लाखको सेयर जारी गर्दै छ। संगति हाइड्रोइनर्जीले ४३ करोड ५० लाख, ग्रिनलाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख, मैलुङखोला जलविद्युत् कम्पनीको ७ करोड ३६ लाख, शुभम पावरको ५ करोड ८० लाख, हिमालयन हाइड्रोपावरको २२ करोड ५० लाख र तेह्रथुम पावर कम्पनीको १२ करोड रुपैयाँको सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

यसबाहेक ठूलो सेयर चाँिह नेपाल पुनर्बीमा कम्पनीले जारी गर्दै छ। मुलुककै पहिलो र एक मात्र पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर निस्काशन गर्न बोर्डमा निवेदन दिएको छ। आईएमई समूहको ठूलो स्वामित्व भएको कम्पनी इमर्जिङ नेपालले पनि ५ करोड रुपैयाँको सेयर निस्काशन गर्ने भएको छ। हालैमात्र स्थापित पूर्वाधार विकास बैंकमा संस्थागत लगानी गरेको यो इन्भेस्टमेन्ट कम्पनीले भेञ्चर क्यापिटल जसरी नै लगानी गरिरहेको छ।

गैरआवासीय नेपालीले मुलुकको पूर्वाधारमा लगानी गर्न खोलेको ‘एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभेलपमेन्ट’ कम्पनीले पनि ३३ करोड ९८ लाखको सेयर जारी गर्दै छ। सिबिल क्यापिटलले ३ करोड र सीईडीबी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले २५ करोड १८ लाखको सेयर जारी गर्दै छन्।

सामुहिक लगानी कोषले पनि ठूलो मात्रामा लगानी स्किम ल्याउँदै छन्। धितोपत्र बोर्डका अनुसार सानिमा म्युचुअल फन्डको ‘सानिमा लार्ज क्याप फन्ड’ ले १ अर्ब रुपैयाँको इकाइ जारी गर्न स्वीकृति मागेको छ। लक्ष्मी म्युचुअल फन्डको लक्ष्मी उन्नति कोषले पनि ८० करोड रुपैयाँ बरोबरका इकाइ बेच्न बोर्डसँग स्वीकृति मागेको छ। यस्ता म्युचुअल फन्डले सर्वसाधारणको पैसा जम्मा पारेर सेयर, निक्षेपजस्तै थुप्रै ठाउँमा लगानी गर्ने गर्छन्। त्यस्तो लगानीबाट सृजित नाफा पुन: इकाइ धनीलाई वितरण गर्छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्