भारतको नयाँ दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा परि कम्तीमा ३५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आइतवार बिहान स्थानीय समयअनुसार करिब ५ः २२ बजेको समयमा आगलागी भएको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी द इकोनोमिक्स टाइमले लेखेको छ, अहिले घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
आगलागी झाँसी रोडस्थीत एक गोदाममा भएको हो ।