२४ जेठ २०८३, आइतबार

कार्यकारी अध्यक्ष बनेपछि बढ्यो प्रचण्डको सक्रियता, नेता नेपाललाई खुमलटारमै बोलाएर छलफल

मंसिर २२, २०७६
कार्यकारी अध्यक्ष बनेपछि बढ्यो प्रचण्डको सक्रियता, नेता नेपाललाई खुमलटारमै बोलाएर छलफल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमवार बस्ने भएको छ ।

उपनिर्वाचनको समीक्षा, पार्टी एकीकरणको बाँकी काम लगायतका एजेण्डासहित बैठक बस्न लागेको एक सचिवालय सदस्यले बताए ।

सचिवालय बैठकमा उठाउने एजेण्डाका बारेमा आइतवार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालको प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको थियो ।

नेता नेपाल बिहान खुमलटार पुगेका थिए ।

दुई नेताबीचको भेटघाटमा केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउने विषयमा पनि छलफल भएको स्रोतले दाबी गर्यो ।

मूलभूत रूपमा एकीकरण प्रक्रिया टुंगिएको भएपनि नेकपामा ३२ विभाग र ५ निकायले पूर्णता पाउन बाँकी छ ।

पार्टीको कार्यकारी अधिकार प्राप्त गरेपछि अध्यक्ष प्रचण्डले अन्य नेताहरूसँगको भेटघाट तीव्र पारेका छन् । शनिवार बिहान अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

'भेटघाट निकै छोटो थियो,' बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो, 'धेरै कुराकानी हुन पाएन । छोटो भेटघाटमा सचिवालय बैठक बोलाउनेसम्बन्धी कुराकानी भयो ।'

यसअघि प्रधानमन्त्री ओली उपचारका लागि अस्पतालमै रहेको बेला बुधवार प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । बैठकले उपनिर्वाचनको समीक्षाका लागि पार्टीका सम्बन्धित कमिटीहरूबाट रिपोर्ट माग गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले २३ गते बस्ने बैठकले उपनिर्वाचनको समीक्षा गर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्