
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताले कलम समाउने कलिला हातहरूमाथि लाठीको वर्षा गरेको भन्दै सरकारसमक्ष जवाफ माग गरेका छन् ।
आइतवार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै शर्माले स्कूले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आक्रोशित हुनु सामान्य भएको तर सरकारले संयम गुमाएको आरोप लगाएका हुन् ।
'कलम समाउने कलिला हातहरूमाथि किन लाठीको वर्षा ?' शर्माले लेखेका छन्, 'स्कुले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आक्रोशित हुनु स्वभाविक थियो l संयम गुमाएर प्रहरीले विद्यालयभित्रै प्रवेश गरेर शिक्षक र विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेको घटनाले स्थिति उत्तेजक बन्न पुग्यो ।'

कैयौं युवा, विद्यार्थी र प्रहरीसमेत घाइते हुनु र स्थिति कर्फ्युसम्म पुग्नु दु:खद रहेको शर्माले बताए l
उनले अनावश्यक बल प्रयोग गर्ने स्थानीय प्रहरीको दोषी नेतृत्वमाथि कारवाही प्रक्रिया थाल्न, घाइतेको सम्पूर्ण उपचार गर्न र सहज स्थिति निर्माणमा कार्य गर्न आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् l
कलम समाउने कलिला हातहरुमाथी @hello_sarkar किन लाठीको बर्षा ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 8, 2019
स्कुले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आक्रोशित हुनु स्वभाविक थियोे l संयम् गुमाएर प्रहरीले बिधालय भित्रै प्रवेश गरेर शिक्षक र विद्यार्थीमाथी अन्धाधुन्ध प्रहार गरेको घटनाले स्थिति उत्तेजक बन्न पुग्यो !!