
दाङस्थित ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक(सई) हेमन्त केसी घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले केसीलाई ७ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो।
घोराही उपमहानगरपालिका, १५ स्थित जिल्ला प्रशासन कार्याल अगाडीको वली होटलमा सेवाग्राहीबाट घुस लिने क्रममा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता
प्रदीपकुमार कोइरालाले जानकारी दिए।
उनले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए वापत सेवाग्राहीसँग घुस रकम मागपछि अख्तियारमा उजुरी परेको थियो।