२७ असार २०८३, शनिबार

रुघाखोकीको औषधि बनाउने धूलो तस्करी

मंसिर २३, २०७६
रुघाखोकीको औषधि बनाउने धूलो तस्करी
फाइल तस्वीर

रुघाखोकीको औषधि बनाउने रासायनिक पदार्थ स्युडोइफेड्रिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी हुने गरेको भेटिएको छ ।

गिरोहले स्युडोइफेड्रिनको धूलो विदेश लगेर आइसड्रग (सेन्थेटिक ड्रग) बनाउन प्रयोग गर्ने गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले बताएको छ । यसअघि मंसिर १३ मा प्रहरीले सोही लागूऔषधबाट निर्मित १ केजी २ सय ग्राम र असोज १४ मा १ केजी आइसड्रग बरामद भएको थियो ।

शनिबार ३१ वर्षीय चिनियाँ नागरिक झाङ चाओ ४ केजी २ सय ग्राम रसायन पदार्थसहित ठमेलबाट पक्राउ परेका छन्। नेपालमा उक्त धूलोको मूल्य २ लाख रुपैयाँ पर्छ। तर, न्युजिल्यान्डमा त्यसको मूल्य करिब ५० हजार अमेरिकी डलर पर्ने ब्युरोका अधिकारीले बताए। चीनबाट मंसिर १५ मा काठमाडौं आएका उनलाई ब्युरोले कार्गोबाट न्युजिल्यान्ड पठाउन लागिएको लागूपदार्थसहित समातेको हो। प्रहरीलाई दिएको बयानमा चाओले न्युजिल्यान्डमा लगेर बेच्ने तयारीमा रहेको उल्लेख गरेका छन्। कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्