१६ असार २०८३, मंगलबार

विद्यार्थीमाथि प्रहरी दमनविरुद्ध नेविसंघको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

मंसिर २३, २०७६
विद्यार्थीमाथि प्रहरी दमनविरुद्ध नेविसंघको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

बाँकेको कोहलपुरमा स्कूले विद्यार्थीमाथि आइतवार प्रहरीले गरेको दमनविरुद्ध नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ ।

नेविसंघ काठमाडौं जिल्ला समिति र पशुपति क्याम्पस इकाइको आयोजनामा सोमवार चाबहिलमा विरोध प्रदर्शन भएको हो ।

विद्यार्थीहरूले प्रहरी दमनविरुद्ध चर्को नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।

पशुपति क्याम्पसबाट शुरू भएको र्‍याली चाबहिल चोक परिक्रमा गरी क्याम्पसमै आएर समापन भएको थियो । 

ट्रकको ठक्करबाट कोहलपुर– १० निवासी प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थीले ट्रकमा आगजनीसहित प्रदर्शन गरेको थियो ।

त्यसक्रममा प्रहरीले विद्यार्थीहरूमाथि दमन गरेको हो ।

सात कक्षामा अध्ययनरत प्रकृतिको दुवै खुट्टा कामै नलाग्ने गरी किचिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्