
आजकाल मानिसहरूका लागि मोबाइल अभिन्न अंगजस्तै भइसकेको छ । मोबाइलबिनाको जिन्दगी कल्पनै गर्न नसक्ने अवस्थामा समेत मानिसहरू पुगिसकेका छन् ।
मानिसहरू विभिन्न ठाउँमा लगेर यूएसबी पोर्टमार्फत मोबाइलको ब्याट्री चार्ज गर्छन् ।
तर के तपाईंले कहिल्यै सोच्नुभएको छ जथाभावी चार्जरले मोबाइललाई कत्तिको असर गर्छ ? सुरक्षित होला ?
यसले तपाईंको प्राइभेसीलाई खतरामा राख्छ । यूएसबी कन्डमले तपाईंको मोबाइलको यूएसबी पोर्टलाई सुरक्षित राख्छ । यो सानो चिजले मोबाइललाई साइबर आक्रमणबाट बचाउन मदत गर्छ ।
यूएसबी कन्डमले डाटा ब्लकरको काम गर्छ । यसको प्रयोगले तपाईं बिना कुनै टेन्सन जहाँ पनि यूएसबी पोर्ट लगाउन सक्नुहुन्छ ।
यूएसबी कन्डम एउटा सानो यूएसबी एडप्टरजस्तै हुन्छ । जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ ।
यूएसबी कन्डम एडप्टरले मोबाइललाई पावर सप्लाइ गर्छ तर डाटा एक्सचेन्ज पूरा रोकिदिन्छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार यूएसबी कन्डम प्रयोग गर्न साइबर विशेषज्ञहरूले समेत सुझाएका छन् ।
यो यति सानो हुन्छ कि तपाईं यसलाई जहाँ पनि लैजान सक्नुहुन्छ । भारतमा यसको मूल्य ५ सयदेखि हजार भारुसम्म पर्छ ।