२२ जेठ २०८३, शुक्रबार

नेकपाले मंसिर २९ गतेका लागि बोलायो स्थायी कमिटी बैठक

मंसिर २३, २०७६
नेकपाले मंसिर २९ गतेका लागि बोलायो स्थायी कमिटी बैठक
फाइल फोटो

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमवार बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठअघि बैठकबाट बाहिरिएका वरिष्ठ नेता झलनाथ खनालले भने मंसिर २८ र २९ गतेका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको जानकारी दिएका थिए ।

बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी थिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्