
प्रदेश नम्बर ३ को सरकारले १३ औं दक्षिण एसियाली खेलकुद 'साग'मा पदक जित्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
सोमवार बसेको प्रदेश नम्बर ३ सरकारको बैठकले ३ नम्बर प्रदेशका पदक विजेताहरूलाई नगद पुरस्कारसहित सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार स्वर्ण पदक विजेताले जनही एक लाख, रजत पदक विजेताले ५० हजार र कास्य पदक विजेताले २५ हजार रुपैयाँ दिइनेछ ।
जारी साग खेलकुदमा हालसम्म नेपालले ४६ स्वर्ण, ४८ रजत र ७९ कास्य पदक जितिसकेको छ ।