२६ जेठ २०८३, मंगलबार

बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ

मंसिर २३, २०७६
बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ

बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक ज्यासन लोयड मोडीलाई पक्राउ गरेको छ ।

नेपाली बालिकालाई जबरजस्ती करणी तथा उद्योग गरेको अभियोगमा अमेरिकी नागरिक राहदानी नम्बर ५६७४७२५३५ बाहक ४० वर्षका ज्यासन लोयड मोडीलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

आर्थिक प्रलोभन देखाई खानेकुरा दिई ललाई फकाई नेपाली बालबालिकालाई यौनशोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा उक्त गेष्ट हाउसको कोठा नम्बर १०४ बाट ३ बालिका सहित ज्यासन आपत्तिजनक अवस्थामा फेला पारी केन्द्रीय अनुसन्धान ब्यूरो महारागंजबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

होटलको कोठाबाट ५६७४७२५३५, ५०६०७३०८४ र ५४५६५८५०० नम्बरका युएसएको राहदानी ३ थान, ल्यापटप १ थान, मोबाइल ४ थान, बिभिन्न बैंकको एटिएम कार्डहरु, मास्टर कार्डहरु तथा चेकको स्लिपहरु र विश्वभाषा क्याम्पसबाट जारी भएका उनको परिचयपत्र १ थान प्रहरीले बरामद गरेको छ । 

ज्यासनलाई बाल यौन दुराचार जस्तो जघन्य अपराधमा संलग्न रहेको समेत खुल्न आएको तथा उनी उपर जबरजस्ती करणी सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्