
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले पौडीमा चौथो स्वर्ण जितेकी छन् ।
सोमवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको सय मिटर इन्डिभिज्युल प्रतिस्पर्धामा गौरिकाले स्वर्ण पदक जितेकी हुन् ।
यससँगै उनले पौडीमा चौथो स्वर्ण हात पारेकी छन् ।
जारी सागमा हालसम्म नेपालले ४७ वटा स्वर्ण जितिसकेको छ ।