
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबल फाइनल खेलमा नेपालले भुटानलाई पहिलो गोल गरेको छ ।
मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलको १६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका हुन् ।
अभिषेकलाई समर्थकहरूले 'नेपाली रोनाल्डो' भनेर सम्बोधन गर्ने गरेका छन् ।
उसो त उनी चर्चित पोर्चुगिच फूटबलर क्रिष्टियानो रोनाल्डोको 'डायहर्ट' फ्यान हुन् ।
बंगलादेशविरुद्धको खेलमा अभिषेकले गोल गरेपछि रोनाल्डोको स्टाइलमा सेलेब्रेसन गरेका थिए । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
उनी रोनाल्डोको फ्यान मात्र होइनन् उनीहरूको जर्सी नम्बर पनि सात नै हो ।
तलको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

फोटो : उत्सव शाक्य