३१ जेठ २०८३, आइतबार

चीनका सरकारी कार्यालयमा अमेरिकी कम्प्युटर प्रयोग गर्न बन्देज

मंसिर २४, २०७६
चीनका सरकारी कार्यालयमा अमेरिकी कम्प्युटर प्रयोग गर्न बन्देज

चीनले सरकारी कार्यालयहरूमा विदेशमा बनेका कम्प्युटरहरू प्रयोग नगर्न उर्दी जारी गरेको छ । अबको तीन वर्षमा चीनमा विशेष गरेर अमेरिकामा बनेका कम्प्युटरहरू पूर्ण रूपमा विस्थापन गर्ने योजना चीनको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अब चीनमा एचपी, डेल जस्ता कम्युटरहरू देख्न पाइने छैनन् ।

अमेरिकाले हुवावे कम्पनीमाथि गरेको व्यवहारले आजित भएर चीनले यस्तो निर्णय लिएको हुनसक्ने अर्थविश्लेषकहरूले दाबी गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनको टेलिकम कम्पनी हुवावेसँग कुनै पनि किसिमको व्यापार गर्न अमेरिकी कम्पनीहरूलाई बन्देज लगाएको छ ।

चीनबाट विदेशी प्रविधि विस्थापन गर्ने निर्णय चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले १ वर्ष अघि नै गरिसकेको थियो । पार्टीको उक्त निर्णयलाई अहिले सरकारले कार्यान्वयन गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्