२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओली फेरि डायलासिसका लागि अस्पतालमा

मंसिर २४, २०७६
प्रधानमन्त्री ओली फेरि डायलासिसका लागि अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई  मृगौलाको डायलासिसका लागि त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अस्पताल लगिएको छ। 

प्रम ओलीको मृगौलाको डायलासिसका मंगलबार बेलुका अस्पतालमा लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई बताए।

उनका अनुसार प्रम ओलीलाई नियमित डायलासिसका लागि अस्पताल लगिएको हो।  डायलासिसपछि उनी बालुवाटार फर्कनेछन्।
 
 प्रम ओलीको यसअघि मंसिर १० मा सोही अस्पतालमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

अपेन्डिसाइटिस फुटेपछि उनको पेटमा समेत संक्रमण भएको थियो। गत बिहीबार अस्पतालबाट डिस्चार्ज भएका प्रम ओली बालुवाटारबाटै सरकार चलाइरहेका छन्।

*अस्पतालको नाम मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्