०५ असार २०८३, शुक्रबार

सीमा विवादबारे नेपालले पठाएको पत्रको जवाफ दिन आनाकानी गर्दै भारत

मंसिर २५, २०७६
सीमा विवादबारे नेपालले पठाएको पत्रको जवाफ दिन आनाकानी गर्दै भारत

नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कूटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो । 

सो पत्रको विषयमा कुनैपनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । ‘नेपालले भारतको जवाफीपत्र कुरिरहेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘आशा छ केही समयमा त्यसको जवाफ भारतले दिने छ ।' राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्