१६ असार २०८३, मंगलबार

सागमा पदक विजेता खेलाडीलाई राष्ट्रपति भण्डारीको बधाई

मंसिर २५, २०७६
सागमा पदक विजेता खेलाडीलाई राष्ट्रपति भण्डारीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक विजेता सम्पूर्ण खेलाडीलाई बधाई दिएकी छन् ।

बुधवार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले स्वर्णसहित सम्पूर्ण पदक विजेता खेलाडीलाई बधाई दिएकी हुन् ।

सागको सफल आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्, प्रशिक्षक र निर्णायकलाई राष्ट्रपतिको धन्यवाद छ ।

'१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई ! सागको सफल आयोजनाका लागि नेपाल खेलकुद परिषद्, प्रशिक्षक र निर्णायक सबैलाई धन्यवाद ! यस खेलले दक्षिण एसियाली मुलुक र जनताबीच रहेको सुमधुर सम्बन्ध थप प्रगाढ भएको महसूस गरेको छु,' राष्ट्रपतिले गरेको ट्वीटमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्