— एकचोटि सर्र हेर्दा त यो चित्रमा शिशिर ऋतुको मनोरम दृश्य देखिन्छ । यहाँ एउटा पुरानो गेट छ, ठूलो कटुसको रुख छ, झरेका पातहरू छन् ।

यहीँ नै एक पूर्ण नग्न महिला पनि देखिन्छिन् । गढेर हेर्नुस् त । लौ, पत्ता लगाउन सक्नुभयो भने तपाईंको आँखालाई प्रशंसा गर्नैपर्ने हुन्छ ।
हैन, पत्ता लगाउन सक्नुभएन र ? हेर्दा साधारण देखिने यो चित्रमा नेचर फोटोग्राफी र बडी पेन्टिङको सम्मिश्रण छ । यसलाई कलाकारद्वय योर्ग ड्युस्टरवाल्ड र चिपोन्निक स्कुपिनले तयार पारेका हुन् ।
ल, यो चित्र अलि नजिकबाट हेर्नुस् है त । प्रस्ट रूपमा नग्न महिला देखिनेछिन् ।
एजेन्सी