०२ असार २०८३, मंगलबार

कोरियाली कम्पनीको सहयोगमा ४ पांग्रे गाडी उत्पादन हुँदै

मंसिर २६, २०७६
कोरियाली कम्पनीको सहयोगमा ४ पांग्रे गाडी उत्पादन हुँदै
फाइल तस्वीर

रुपन्देहीको मोतीपुरमा सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्न कोरियाली लगानीकर्ता र लगानी बोर्ड नेपालबीच परियोजना लगानीसम्बन्धि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित कारियाको मोटरेक्स कम्पनी र बोर्डबीच विभिन्न चरण्का वार्ता तथा छलफलपछि एक तहको सम्झौता भएको बोर्डले जनाएको छ ।

गोरखापत्र दैनिकमा प्रकाशित खबर अनुसार, १० अर्ब ५४ करोड लागत अनुमान गरिएको सो परियोजनाका लागि लगानी बोर्डले लगानी स्वीकृति दिइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्