१६ असार २०८३, मंगलबार

विवाद मिलाउने बहानामा वडाध्यक्षले गरे बलात्कार प्रयास

मंसिर २६, २०७६
विवाद मिलाउने बहानामा वडाध्यक्षले गरे बलात्कार प्रयास

प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका १२ का वडाध्य लक्ष्मी साह हुलुवाईलार्य बलात्कार प्रयासको आरोपमा पक्राउ गरेको छ । उनका सहयोगी सोही ठाउँका अनिल कुमार राय अमात र नसिम मियाँसमेत पक्राउ परेका छन् । 

गाउँमा उत्पन्न विवादलाई पञ्चेती गरी मिलाउने लोभ देखाएर वडाध्यक्षले बलात्कार प्रयास गरेको पीडितको आरोप छ । घटनाअनुसार १६ वर्षीय जेठो छोरा र २३ वर्षीया विवाहिता महिलाबीच प्रेम सम्बन्ध रहेको भन्दै गाउँलेले विवाह गर्न दवाव दिएका थिए । 

एक छोरीको आमासमेत रहेकी महिलासँग १६ वर्षीय छोराको कानूनविपरित बालविवाह गनै पीडितले अस्वीकार गरिन् ।

पीडितका अनुसार सो विषयमा छलफल गर्न घर जाउँ भनी नसिमले मंसिर १२ गते मोटरसाइकलमा चढाई नसिमको खाली रहेको घर छेउको चौरमा लगे । सोही ठाउँमा आएका अनिलले वडाध्यक्षले भनेको मान्नु भनी सल्लाह दिएर गएपछि आइपुगेका वडाध्यक्षले बलात्कार प्रयास गरे । 

‘वडाध्यक्षले शुरूमा बालक छोरा र विवाहिता महिलाको विवाहको कुरा आफूले पञ्चेती गरेर मिलाइदिने भने । तत्कालै सोवापत शारीरिक सम्बन्धको प्रस्ताव राखे’, पीडितले भनिन्,‘आफूले अस्वीकार गरेपछि उनले समाउँदै जबरजस्ती गर्न खोजे, प्रतिकार गरेपछि ज्यान मार्ने धम्की दिए ।’

दक्षिणतर्फबाट भागेर घर आएको बताएकी उनीसँग मोबाइलमा यी सब कुराको रेकर्ड सुरक्षित छ । नसिमले घर लैजानुको साटो चौरीतर्फ मोटरसाइकल तीव्र गतिमा कुदाएपछि शंका लागेर पछाडि सवार उनले मोबाइलको भिडियो रेकर्ड खोलेर लुकाइन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्