२३ जेठ २०८३, शनिबार

सांस्कृतिक पर्वहरूले नेपालीलाई एकताबद्ध गर्न सकेको छ : प्रचण्ड

मंसिर २६, २०७६
सांस्कृतिक पर्वहरूले नेपालीलाई एकताबद्ध गर्न सकेको छ : प्रचण्ड

नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पार्टीका तर्फबाट आज एक शुभकामना सन्देश जारी गर्दै उनले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपालीहरूलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्न सकेको बताएका छन् । सन्देशमा उनले सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरूले थप मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र पार्टीको स्पष्ट रणनीति रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालका विभिन्न समुदायहरूले मनाउने सांस्कृतिक पर्वहरू हामी नेपालीका पहिचान भएका, सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्