२८ जेठ २०८३, बिहीबार

उन्नत जातका बोका वितरण

मंसिर २६, २०७६
उन्नत जातका बोका वितरण

इटहरी उपमहानगरपालिकाले बाख्रा पालक कृषकलाई लक्षित गरेर १४ वोयर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकालाल चौधरीले नेपालमै उन्नत मानिने वोयर जातका बोका वितरण गरेका हुन् । 

करीव रु १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको छ भने प्रति बोका रु ५० हजार उपमहानगरको अनुदान तथा थप रकम कृषकको लगानी रहेको उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख दुर्गाबहादुर श्रेष्ठले बताए। नगरप्रमुख चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको बताए। 

उहाँले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागि परेको बताए। वडा नं १७ का अध्यक्ष भगवान्लाल साहुले अब धान र गहुँ खेती गरेर मात्र नहुने भएको कारण कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। इटहरी वोयर बाख्रापालन समूहका अध्यक्ष राजु बस्नेतले स्थानीय सरकारले कृषकलाई उन्नत जातका बोका वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्