
थाइल्याण्डको बैंककमा बुधवार आयोजित कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको ‘इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पाेरेसन (आईबीसी) ले ‘एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९’ बाट सम्मानित गरेको छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गरे ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबीसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ–आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्त्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
‘यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आईएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले भने ।
एसियाका विभिन्न देशहरूबाट १०० वटाभन्दा बढी संस्थाको प्रमुख तथा प्रतिनिधि सहभागी रहेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष चन्द्र ढकालले नेपाल सरकारले २०२० लाई वर्षभर नै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गरेका छन् ।