०५ साउन २०८३, मंगलबार

पोखरा प्रिमियर लिगको विजेताले २७ लाख पाउने, अन्य पुरस्कार के-कति ?

मंसिर २६, २०७६
पोखरा प्रिमियर लिगको विजेताले २७ लाख पाउने, अन्य पुरस्कार के-कति ?

२८ मंसिरदेखि १२ पुससम्म पोखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टीमले २७ लाख पुरस्कार पाउने भएको छ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका अनुसार उपविजेता टीमले १० लाख पाउने छ।

पिपिएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीनजना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्वी लामाले बताए।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई  एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई  ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टेलिभिजन र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ । जसमा एक वर्षका लागि निःशुल्क सुविसु केबलनेट प्रालिको इन्टरनेट र किलियर टेलिभिजन उपलब्ध गराउनेछ ।  

साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज प्रतियोगितामा भाग लिँदै छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्