
सरकारले राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ।
निर्वाचन आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले हालै मात्र मिति घोषणा गरेको थियो। राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि आगामी फागुनमा सकिँदैछ।
निर्वाचनका लागि आयोगमा दर्ता भएका दलहरुलाई यही मंसिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन आह्वान गरेको छ ।
आयोगले पदावधि सकिनुभन्दा १ महिना अगाडि नै राष्ट्रियसभा सदस्य निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।