२३ जेठ २०८३, शनिबार

११ मिनेट काटियो अर्जुन र सञ्जय दत्तको फिल्म, कारण यस्तो

मंसिर २७, २०७६
११ मिनेट काटियो अर्जुन र सञ्जय दत्तको फिल्म, कारण यस्तो

बलिउड अभिनेता अर्जुन कपुर, सञ्जय दत्त, कृति सेनन अभिनित फिल्म पानीपतको अझै राजस्थान, हरियाणालगायतका राज्यमा प्रदर्शन गर्न दिइएको छैन । 

राजस्थान, हरियाणालगायतका राज्यका जाट समूहले आफ्ना पूर्वज महाराजा सुरजमललाई लोभी, कपटी, ठगजस्तो पात्रको रूपमा प्रस्तुत गरेपनि इतिहासमाथि अपमान गरियो र महाराजालाई बदनाम गरियो भन्दै यो फिल्म प्रदर्शनमा रोक लगाएका हुन् । यो फिल्म प्रदर्शन गर्ने हलमा उनीहरूले तोडफोड र आगजनीसमेत गर्दै आएका थिए । 

यसरी केही राज्यमा फिल्म पानीपतको व्यापक विरोध भएपछि निर्देशक आशुतोष गोवारिकरले यो फिल्मबाट ११ मिनेटको दृश्य हटाएर बिहीवारबाट फिल्मलाई सो क्षेत्रमा फेरी प्रदर्शन गरेका छन् ।

राजा सुरजमनलाई बदनाम गरिएो भनिएको ११ मिनेटको दृश्य आफुहरूले हटाएको उनलेृ बताएका छन् राजधानी दैनिकमा खबर छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्