०२ असार २०८३, मंगलबार

आलिया बनिन् एसियाकी सबैभन्दा कामुक महिला

मंसिर २७, २०७६
आलिया बनिन् एसियाकी सबैभन्दा कामुक महिला

बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा बढी सेक्सी महिलाको रूपमा छनौट भएकी छन् ।

सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोणले यो पटक दोस्रो स्थान हासिल गरेकी छन् । दोस्रो भएपनि दीपिकाले दशककी सबैभन्दा सेक्सी महिलाको ताज भने आफ्नो पोल्टामा पारेकी छन् ।

 बुधवार लन्डनको ‘इस्टर्न आई’ साप्ताहिकले अन्लाइन भोटिङ गर्दा यी दुई अभिनेत्रीले शीर्ष स्थान हासिल गरे । आलियाले आफ्नो पक्षमा भएको भोटिङ र एसियाकै सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुशी व्यक्त गरिन् । अन्नपूर्ण पोस्टमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्