२९ जेठ २०८३, शुक्रबार

सामाजिक क्रियाकलापमा घुम्टे युवा परिवारको सक्रियता बढ्दो

मंसिर २७, २०७६
सामाजिक क्रियाकलापमा घुम्टे युवा परिवारको सक्रियता बढ्दो

जिल्लाको घुम्टे युवा परिवार जिल्लाकै पुरानो सामाजिक संस्था हो । विक्रम संवत् २०४१ सालमा स्थापना भएको संस्थाले सामाजिक क्षेत्रमा थुप्रै उदाहरणीय काम गर्दै आएको छ ।

सामाजिक विकृति विसंगति न्यूनीकरणसँगै खेलकुद, कला र संस्कृति संरक्षण सम्वद्र्धनमा परिवारले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

युवा जागरण, तालिम, गोष्ठी, अन्तक्र्रियासँगै अन्य सामाजिक जागरणका काममा संस्था सक्रियतापूर्वक अगाडि बढिरहेको छ । संस्थाले रोजगारीको सिलसिलामा जापानमा रहेका संस्थाका आजीवन सदस्य, शुभेच्छुक तथा सहयोगीसँगको सहकार्यमा डेढ वर्ष पहिले जापान शाखा समेत स्थापना गरेको छ ।

घुम्टे युवा परिवारले गाउँठाउँको विकास र सामाजिक क्रियाकलापमा आर्थिक भौतिक तथा नैतिक सहयोग गर्दै आइरहेको छ । शाखा स्थापना हुनुपूर्व पनि जापानसहित अन्य देशमा रहेका युवाको उत्तिकै सहयोग आउने गर्दथ्यो । बिहीवार घुम्टे युवा परिवारले जापान शाखाका पदाधिकारीलाई केन्द्रीय कार्यालयमा स्वागत तथा सम्मान गरेको छ । 

कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, शाखा सचिव दिनेश थापा, शाखा कोषाध्यक्ष संग्राम साहानी र घुम्टे युवा परिवारका सल्लाहकार संयोजक एवं गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले मन्तव्य राखेका थिए । 

कार्यक्रममा बोल्ने वक्ताहरूले घुम्टे युवा परिवार स्थापनाकालदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै गलकोट क्षेत्रकै अग्रणी सामाजिक संस्थाको रुपमा परिचित रहनु प्रशंसनीय विषय भन्दै प्रशंसा गरेका छन् । आगामी दिनमा केन्द्रीय कार्यालय र जापान शाखाबीचको सहकार्यमा थप सामाजिक कार्यमा सक्रिय रहने प्रतिवद्वता जनाए । संस्थाले आफ्नो कार्यालय आसपासमा सीसीटीभी क्यामेरा जडानदेखि सभाहल निर्माणको लागि जग्गा समेत व्यवस्थापन गरेको छ ।

जापान शाखाको सहकार्यमा संस्थाले बेसहारा, विपन्न परिवारलाई खाद्यान्नसँगै आर्थिक सहयोग गरेको छ भने वडाभित्रका धार्मिकस्थलमा सोलार बत्ती जडान गरेर झलमल्ल पारेको छ ।

समृद्व समाज निर्माणमा संस्थाले सबै क्षेत्रसँग हातेमालो गरी अगाडि बढिरहँदा शाखाको पनि महत्त्वपूर्ण सहयोग हुँदै आएको छ । केन्द्रीय कार्यालयमा आयोजित स्वागत तथा अन्तर्क्रियामा जापानबाट बिदामा नेपाल आएका घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, सचिव दिनेश थापा, कोषाध्यक्ष संग्राम साहानी, आजीवन सदस्य तथा शुभेच्छुक नेत्र चोखाल, कमल थापा, दिपिन खत्री मिन थापा, प्रकाश थापा लगायतलाई दोसल्ला तथा फुलमाला अविरद्वारा स्वागत तथा सम्मान गरिएको थियो ।

सो अवसरमा आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने, सामाजिक क्रियाकलापमा संस्थाको भूमिका तथा समृद्व समाज निर्माण कसरी गर्ने लगायतका विषयमा अन्तक्र्रिया गरिएको थियो । कार्यक्रममा घुम्टे युवा परिवार गलकोट नगरपालिका–७ मल्मका कार्यसमिति पदाधिकारी, सल्लाहकार सदस्य, घुम्टे युवा परिवार जापान शाखाका प्रतिनिधि, शुभेच्छुक लगायतको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्