२५ जेठ २०८३, सोमबार

देशभर मौसममा गडबडी : कस्तो छ हवाई उडान ?

मंसिर २७, २०७६
देशभर मौसममा गडबडी : कस्तो छ हवाई उडान ?
फाइल फोटो

मौसममा गडबडी भएसँगै चितवनको भरतपुर विमानस्थलमा उडान अवरुद्ध भएको छ । 

बिहान सामान्य अवस्थामा रहेको मौसम ९ बजेपछि प्रतिकूल भएसँगै उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

बिहान ९ बजेपछि भरतपुर विमानस्थलमा उडान रोकिएको छ ।

विमानस्थलका अनुसार बिहान ७ः५० बजेको नेपालगञ्ज उडान एकैछिन प्रभावित भएको थियो । यद्यपि अहिले भरतपुरबाहेक सबै ठाउँमा उडान भइरहेको विमानस्थलले जनाएको छ । मौसम थप प्रतिकूल हुँदै गएमा उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।

बिहीवारदेखि मौसममा बदली भएसँगै चिसो बढेको छ । कतै हल्का वर्षा भइरहेको छ भने कतै भारी हिमपात भइरहेको मौसम विभागले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्