०८ असार २०८३, सोमबार

पूर्वी चितवनमा बस पल्टिँदा १३ यात्रु घाइते

मंसिर २७, २०७६
पूर्वी चितवनमा बस पल्टिँदा १३ यात्रु घाइते

पूर्वी चितवनको भण्डारामा शुक्रवार बिहान बस अनियन्त्रित भई पल्टिँदा १३ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नम्बरको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो । 

कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ  । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्