१४ असार २०८३, आइतबार

धनुषामा शक्तिशाली बम विस्फोट, २ जनाको मृत्यु

मंसिर २८, २०७६
धनुषामा शक्तिशाली बम विस्फोट, २ जनाको मृत्यु
फाइल तस्वीर

धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ४ जना गम्भीर घाइते भएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फाेटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फाेट भएको हो। बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टाेली पुग्नेबित्तिकै विस्फोट भएको हाे। 

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो,  मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

salt training

कमेन्ट गर्नुहोस्