०७ साउन २०८३, बिहीबार

पौडेल समूहको अनुपस्थितिमै कांग्रेस केन्द्रीय समिति बैठक

मंसिर २९, २०७६
पौडेल समूहको अनुपस्थितिमै कांग्रेस केन्द्रीय समिति बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेता भने उपस्थित छैनन् ।

१४ औं महाधिवेशनको कार्यतालिका छलफलको सूचीमा नराखिएको भन्दै असन्तुष्ट बनेका पौडेलपक्षीय नेताहरूले यसअघि बिहीवार बसेको बैठक पनि बहिष्कार गरेका थिए ।

त्यसयता निरन्तर सहमतिको प्रयास भएपनि विवाद समाधान भएको थिएन ।

विवाद समाधानका लागि नेता प्रकाशमान सिंहको संयोजकत्वमा दिलेन्द्र बडू र हृदयराम थानी सम्मिलित वार्ता समिति पनि गठन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्