३० असार २०८३, मंगलबार

फेसबुकमार्फत युवतीले सम्पर्क बढाइन्, भेट्दा यसरी लुटिए मण्डल

कात्तिक २०, २०७४
फेसबुकमार्फत युवतीले सम्पर्क बढाइन्, भेट्दा यसरी लुटिए मण्डल
काठमाडौं, २८ चैत– लुटपाट कार्यमा संलग्न रहेको अभियोगमा खोटाङ्ग बुईपा–९ घर भई हाल काठमाडौं महानगरपालिका–३४ शान्तिनगर बस्ने १९ बर्षीय रिजन गुरुङ् लगायत ३ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
चैत २६ गते काठमाडौं महानगरपालिका–३ बानेश्वर शान्तिनगर स्थितबाट सप्तरी कमलपुरा–७ घर भएका २७ बर्षीय विवाकर मण्डलको साथबाट ६/७ जनाको समूहमा रहेका व्यक्तिहरुले बा ७० प ७८९२ नम्बरको सवारी दर्ता किताव १ थान, सामसुङ्ग मोबाईल १ थान, फास्ट ब्याग घडी १ थान र नगद १४ हजार ८ सय रुपैयाँ जबरजस्ती लुटपाट गरी फरार भएकोमा उनीहरुको खोजी गर्ने क्रममा रिजन गुरुङ् लगायत ३ जनालाई काठमाडौं महानगरपालिका–३५ जडिबुटीबाट सवारी दर्ता किताव १ थान, सामसुङ्ग मोबाईल १ थान र नगद ५ हजार सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विवाकरसँग फेसबुकमार्फत एक युवतीले सम्पर्क बढाएको र भेटघाट गर्ने बाहनामा बोलाएर लुटपाट गरिएको हो । यसबारे अनुसन्धान चलिरहेको प्रहरी भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्