![सिन्धुपाल्चोक बस दुर्घटना - मृत्यु हुनेको संख्या १५ र घाइतेको संख्या १९ [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/accident01_Ym9vv1hzzP.png)
सुनकोशी गाउँपालिका - ७ छ किलो स्थित लामोसाँघु-जिरी सडकखण्डमा दोलखा जिल्लाको कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौँतर्फ फर्किंदै गरेको बा ४ ख ४४६८ नं.को रिजर्भ बस दुर्घटना हुँदा मृत्यु भएका र घाइतेहरूको सनाखत भएको छ । मृत्यु हुनेमा ९ जना महिला, ३ जना पुरुष, १ जना बालिका र २ जना बालक रहेका छन् ।
प्रहरीले १५ जना मृतकको नामावली सार्वजनिक गरेको छ ।
घाइते हुनेहरूको नामावली
घाइते भएका १९ जनालाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल खाडीचौरमा १ जना, धुलिखेलमा ३ जना, काठमाण्डौ ह्याम्स अस्पतालमा १४ जना र के एम सि मा २ जना लगिएको छ । घटनास्थलमा प्रहरी चौकी लामो साँघुबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा, इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको को कमाण्डमा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमाण्डमा उद्दार टोली परिचालन भएको थियो ।
सिन्धुपाल्चोककी ६ वर्षीय शशिका तामाङ, अवस्था टाउकोमा चोट रहेको अवस्थामा केएमसी अस्पतालमा उपचारार्थ छन् भने हेम्स अस्पताल मंडिखाटारमा सिन्धुपाल्चोक जुगल गा.पा.-७ बस्ने ६ वर्षीय को आयुस तामाङ, ३८ वर्षीय शंकर तामाङ, दोलखा शैलुङका ३० वर्षीय को विप्लव घिसिङ, जुगल गा.पा.-७ बस्ने १७ वर्षीय अन्जन तामाङ, सुर्यबिनायक बस्ने १६ वर्षीय सागर के.सी, सिन्धुपाल्चोक बस्ने २३ वर्षीय को जय बहादुर तामाङ, सुनकोशी गा.पा.-७ बस्ने १६ वर्षीय सागर तामाङ, २५ वर्षीय गंगामाया तामाङ, वर्ष-२ की आयुशा तामाङ, सिन्धुपाल्चोक बस्ने २२ वर्षीय धनकाजी तामाङ, सिन्धुपाल्चोक बस्ने वर्ष-२६ को दोर्जे तामाङ, वर्ष-२४ की नैना तामाङ, सिन्धुपाल्चोक बस्ने वर्ष-२४ की रजनी तामाङ, वर्ष-२९ को दिपक तामाङ रहेका छन् ।
त्यस्तै धुलिखेल अस्पतालमा वर्ष २६ की हरिमाया तामाङ, वर्ष ६५ की मिठु ढकाल वर्ष ३२ को रामसिह तामाङ, उपचारार्थ छन् ।
धुलिखेल सिन्धु सदावर अस्पतालमा नाम नखुलेको ४/५ महिनाको बालकलाई उपचारका लागि लगिएको छ ।