२१ जेठ २०८३, बिहीबार

संघीयताको जग बलियो बनाउन महानगरका काम उदाहरणीय हुनुपर्छ : मन्त्री त्रिपाठी

मंसिर २९, २०७६
संघीयताको जग बलियो बनाउन महानगरका काम उदाहरणीय हुनुपर्छ : मन्त्री त्रिपाठी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौँको गरिमा बचाउनका लागि मात्र नभइ संघीयताको जग बलियो बनाउन पनि महानगरका काम उदाहरणीय हुनुपर्ने बताएका छन्।

काठमाडौँ महानगरपालिकाको २५ औँ वार्षिकोत्सवका असरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भने ‘काठमाडौँको बिरासत ठूलो छ । यो राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी पनि हो । सबै मिलेर यसको गरिमा बचाउनुपर्छ।’

सांसद सदस्य जीवनराम श्रेष्ठले महानगरको बिकास र समृद्धिका लागि राम्रा कामको प्रशंशा र सुधार गर्नु पर्ने कामका लागि रचनात्मक सुझाव दिनुपर्ने धारणा राखे। त्यस्तै प्रदेश सभा सदस्य नारायण सिलवालले प्राप्त उपलब्धीलाई जोगाएर थप कार्यक्रम अघि बढाउनु पर्ने बताए।

महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए। त्यसका लागि जस्तासुकै चुनौतीको पनि सामना गर्न तयार रहेको मेयर शाक्यको भनाइ थियो।

उनले काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त बनाउन थालिएको अभियान र बौद्धमा सञ्चालन गरिएको दमकल भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा प्रस्तुत गरे।
 

salt training

कमेन्ट गर्नुहोस्