२६ असार २०८३, शुक्रबार

हृदयघातका कारण निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आजै अन्त्येष्टि गरिने

मंसिर ३०, २०७६
हृदयघातका कारण निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आजै अन्त्येष्टि गरिने

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । 

उनी ५२ वर्षका थिए । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । उनको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए ।  

उनी चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्