
काठमाडौं, २८ चैत — टर्किस एयरलाइन्सको विमानको उडानकै क्रममा एक महिलाले बच्ची जन्माएकी छन् ।

अट्ठाईस हप्तादेखि गर्भवती नफी दियाबीलाई आइतवार उडानकै क्रममा प्रसूती व्यथाले च्यापेपछि विमान कर्मचारी र केही यात्रुले बच्ची जन्माउन सहायता गरेका थिए ।
गिनीको राजधानी कोनाक्रीबाट इस्तानबुल गइरहेको विमान ४२ हजार फीटको उँचाइमा उडिरहेको बेलामा बच्ची जन्मेकी थिइन् ।
विमान कर्मचारीको सहयोगको प्रशंसा गर्दै विमान कम्पनीले एक वक्तव्य जारी गरेको थियो ।
आमा र बच्चीलाई बुर्किना फासो नामक देशको एक अस्पतालमा भर्ना गरिएको छ ।
एजेन्सी