०८ साउन २०८३, शुक्रबार

काठमाडौंको विवाद मिलाउन एमालेले बनायो समिति

कात्तिक २०, २०७४
काठमाडौंको विवाद मिलाउन एमालेले बनायो समिति
काठमाडौं, २८ चैत–नेकपा एमालेले सरकारले तयार गरेको नयाँ संविधान संशोधन प्रस्तावको विरोध गरेको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति वैठकमा कुनै ठोस तथा लिखित प्रस्ताव नआएको र संशोधनमा पूरानै अडान रहेको भन्दै संशोधनको विरोध गरेको हो ।

स्थानीय तह र प्रदेशको अधिकार कटैटीमा हुने खालको संशोधन कुनै पनि हालतमा मान्य नहुने एमालेले जनाएको छ ।

बैठकले बैशाख ३१ का लागि तय भएको चुनाव सार्न एमालेले अनुरोध गरेको भन्ने हल्ला निराधार भएको भन्दै खण्डन गरेको छ ।

एमाले स्थायी समिति बैठकले काठमाडौं जिल्ला कमिटीमा देखिएको विवाद समाधानका लागि पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ ।

कार्यवाहाक पार्टी अध्यक्ष बामदेव गौतमको नेतृत्वमा माधव कुमार नेपाल, झलनाथ खनाल , अष्ठलक्ष्मी शाक्य र इश्वर पोखरेलको समिति बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्