३१ जेठ २०८३, आइतबार

आईपीएलमा हारेपछि मस्तीसँग नाचे धोनी, भिडियो बन्यो भाइरल

कात्तिक २०, २०७४
आईपीएलमा हारेपछि मस्तीसँग नाचे धोनी, भिडियो बन्यो भाइरल

महेन्द्र सिंह धोनी आफ्नो अनुहारलाई प्राय खुशी राख्ने गर्छन् । चाहे त्यो फिल्डमा चौका छक्का हानेर होस् या बाहिर केही रमाइलो गरेर नै किन नहोस् ।
यसैबीच इन्स्टग्राममा एक भिडियो हालिएको छ जहाँ उनी मस्तीसँग नाचिरहेका छन् ।

यो भिडियो यसकारण पनि चर्चामा छ कि यसभन्दा अघि धोनीले आईपीएल टीम राइजिंग पुणे सुरजायन्ट्स किंग्स इलेवन पञ्जावसँग खेल हारेका थिए।

पञ्जावले पुणे टीमलाई ६ रनले हराएको थियो । तर शायद धोनीले टीमको हारलाई आफ्नो खुशिमाथि हावी हुन दिएनन् । जसका कारण उनी खुलेर नाचिरहेका छन् । भिडियोमा उनी आरपीएसका ड्रेसमा देखिएका छन् ।

उनको यो भिडियोलाई ८ लाख भन्दा धेरैले हेरिसकेका छन् भने ४ हजार भन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्