रौतहट, २८ चैत– नेपाल भारत सीमानजिक बम पड्किएको छ । सोमबार दिउँसो नेपाल भारत सीमा क्षेत्रको जंगे पिलर नजिकै बम विस्फोट भएको हो ।

रौतहट जिंगडबा बेलबिछवा वडा नम्बर ८ मा रहेको पिलर नम्बर ३४४ नजिक नेपाल तर्फ वेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटका प्रमुख भगवान मल्लाका अनुसार गौरस्थित भन्सार कार्यालयभन्दा झण्डै दुई किलोमिटर पूर्वतर्फ खाली स्थानमा वेवारिसे अवस्थामा रहेको बम विस्फोट भएका जानकारी दिए ।
चौरमा चरिरहेको स्थानीय विनोद रायको भैसीले चर्ने क्रममा उक्त बममा कुल्चेसँगै विस्फोट भएको हुनसक्ने प्रहरी अनुमान छ ।
वम विस्फोटका कारण चर्दै गरेको भैसी घाइते भएको छ । बम कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।