२४ असार २०८३, बुधबार

भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, प्रहरी नायब निरीक्षकसहित ५ घाइते

कात्तिक २०, २०७४
भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, प्रहरी नायब निरीक्षकसहित ५ घाइते


भक्तपुर, २८ चैत - यहाँ आजदेखि सुरु भएको बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीलगायत पाँच जना घाइते भएका छन् ।bhairaw

घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपाल निवासी सरोज शिल्पकार र कमल विनायक निवासी सञ्जीव मधिकर्मी छन् ।
घाइतेमध्ये प्रहरी नायब निरीक्षक खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । तौमढीमा रथ तान्ने क्रममा आज राति ९ बजेदेखि भएको ढुङ्गा हानाहान अहिलेसम्म पनि जारी हुँदा जात्रास्थल तनावग्रस्त बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्