काठमाडौँ, २९ चैत - सरकारले मधेसी दलहरूको असन्तुष्टिलाई सम्बोधन गर्नेगरी संसद्मा संविधान संशोधनको नयाँ प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदबारमा

बसेको बैठकले यसअघि पेस गरेको संशोधन प्रस्तावलाई फिर्ता लिएर नयाँ प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।
नयाँ प्रस्तावमा प्रमुख प्रतिपक्षी एमाले तथा निर्वाचन प्रक्रियामा सहभागी नहुने अडानमा रहेका मधेसी दल पनि सहमत हुने अपेक्षासहित सरकारले नयाँ प्रस्ताल पेस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री राम कार्कीका अनुसार सोमबार दुई पटक बसेको मन्त्रिपरिषद् बैठकमध्ये पहिले बैठकले संसद्मा पेस भएको संशोधन विधेयक फिर्ता लिने निर्णय गरेको थियो भने दोस्रो बैठकले संशोधनको नयाँ प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।
नयाँ प्रस्तावमा यसअघि पेस गरिएको सीमाङ्कन हेरफेरको विषय हटाइएको छ । गोरखापत्रमा खबर छ ।