
सोमवार दोहोरो अंकले बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार भने पुनः ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३७ बिन्दुले घटेर १ हजार १६६.२१ मा पुगेको छ ।
सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले घटेर २५४.२१ मा पुगेको छ । नेप्से आरोलो लागेपनि कारोबार रकम भने वृद्धि भएको छ ।
कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर ७२ करोड १६ लाख ४२ हजार ९६५ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलवार ७ उपसमूहको शेयर ओरालो लाग्दा ५ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ०.८४, व्यापार १.५८, वित्त ०.०१, अन्य ०.३८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।
होटल ३५.०१, विकास बैंक ९, निर्जीवन बीमा ५९.५५, उत्पादन १०.१९, जीवन बीमा ४०.३४ विन्दुले घटेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा मंगलवार शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।
कम्पनीको १० करोड ३३ लाख १२ हजार १३२ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । नागरिक लगानी कोष ८ करोड ८२ लाख ७४ हजार ४५१ रुपैयाँ, नेपाल बैंक लिमिटेड ७ करोड ६२ लाख ३८ हजार ३७७, बुटवल पावर कम्पनी २ करोड ८४ लाख ७० हजार १३६, हिमालयन डिस्टिलरी २ करोड ५२ लाख ९५ हजार ४६७ र साल्ट टे«डिङ कर्पोरेसनको १ करोड ८७ लाख २८ हजार ५८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार कारोबारका आधारमा सपोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए । कञ्चन डेभलपमेन्ट बैंक ९.५७, पाँचथर पावर ९.४३, छ्याङ्दी हाइड्रोपावर ९.४१, जोशी हाइड्रोपावर ८.३३ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७२ विन्दुले कमाए । आँखु खोला जलविद्युत् कम्पनी ७.०१, रिडी हाइड्रोपावर ५.४०, गुराँस लघुवित्त वित्तीय संस्था ४.९०, सप्तकोशी डेभलपमेन्ट बैंक ४.६५, सिर्जना फाइनान्स ४.१६ र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले ४.१३ गुमाए ।