०५ साउन २०८३, मंगलबार

नेपाल-चीन संयुक्त अप्रेसनबाट १२२ चिनियाँ पक्राउ : चीन

नेपाल-चीन संयुक्त अप्रेसनबाट १२२ चिनियाँ पक्राउ : चीन

चीनले नेपाल र चीनको संयुक्त अप्रेसनमा काठमाडौँबाट १ सय २२ चिनियाँ नागरिक पक्राउ परेको बताएको छ। 

शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार काठमाडौँबाट १ सय १६ पुरुष र ६ महिला गरी १ सय २२ चिनियाँलाई पक्राउ गरेको थियो। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले मंगलबार भनेका छन्, ‘सीमा अपराध र साइबर क्राइममा संलग्नलाई पक्राउ गर्न  दुवै देशको प्रहरीको संयुक्त अप्रेसन सञ्चालन गरिएको थियो।’ 
पक्राउ परेकामाथि ‘क्रसबोर्डर साइबर क्राइम’को अभियोगमा अनुसन्धान भइरहेको चिनियाँ सरकारी पक्षको भनाइ छ। 

पक्राउ परेकाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतले ‘ ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

 उनले नेपालसँग सहकार्य गरेर सीमा अपराधविरुद्ध लड्न र दुई मुलुकबीच मैत्रीपूर्ण आदानप्रदानलगायतका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी निरन्तर काम गरिरहने समेत बताए।

 

salt training

कमेन्ट गर्नुहोस्