
नेपाली सेनाको भगौडा रोशन बर्देवा मंगलबार हतियारसहित पक्राउ परेका छन्।
रामेछापको मन्थली नगरपालिका-१३, घर भई हाल राजधानीको कपनमा बस्दै आएका उनलाई कटुवापेस्तोलसहित महानगरीय प्रहरी अपराध महाशाखाले चुनिखेलबाट हिरासतमा लिएको हो।
गुण्डागर्दी गरेको अभियोग लागेका उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जनाए।