२३ जेठ २०८३, शनिबार

कृष्ण केसीको गजल : जून ताराको शहर देखे

कात्तिक २०, २०७४
कृष्ण केसीको गजल : जून ताराको शहर देखे

सपना त्यो कति मिठो जून ताराको शहर देखे
मरुभूमि यो जिन्दगीमा गुराँस फुल्ने रहर देखे
 
खोज्दै हिडे मेरा रहर बालुवाका थुप्रा भित्र
जताततै यो मरुभूमिमा आँसु बग्ने नहर देखे
 
खुसी फल्ने गल्लीहरू सबै गन्दै छाम्दै हिडे
जता हेर्यो रुदै हिड्ने मजदुरका कहर देखे
 
कहाँ फुल्छन मेरो देशका रंगीचंगी गुराँसहरू
कोपिलानै जलाई दिने प्रकृतिमै जहर देखे
             
कति निष्ठुर हुदा रैछन रगत किन्ने शहरहरू
पत्याउन नै गाह्रो लाग्ने हरेक दिनका प्रहर देखे

salt training

कमेन्ट गर्नुहोस्