२९ असार २०८३, सोमबार

एउटै चितामा जलाउन आग्रह गर्दै जोडीले गरे आत्महत्या, भेटियो ‘सुसाइड नोट’

पुस ९, २०७६
एउटै चितामा जलाउन आग्रह गर्दै जोडीले गरे आत्महत्या, भेटियो ‘सुसाइड नोट’

 एउटै चितामा जलाउन सुसाइड नोट लेख्दै एक जोडीले आत्महत्या गरेका छन् ।

यो घटना नयाँ दिल्लीस्थित बवानाको हो । एक जोडीले सुसाइड नोट लेख्दै परिवार र समाजले आफूहरूलाई एक हुन नदिएको उल्लेख गरिएको ‘सुसाइड नोट’ फेला पारेका छन् । 

प्रहरीका अनुसार, ती प्रेमिका नावालिग थिइन् । उनी आफ्नो माता–पिता र तीन बहिनीसँग रहँदै आएकी थिइन् । उनको २२ वर्षीय गोविन्द ‘गोलू’सँग प्रेम सम्बन्ध रहेको थियो । उनीहरूले भागेर कानूनी विहे गरेका थिए । 

के लेखिएको छ सुसाइड नोाटमा ? 
प्रहरीले उनीहरूबाट दुई/दुई पन्ना लामो सुसाइड नोट फेला पारेको छ । जसमा परिवार निर्दोष रहेको बताइएको छ ।

सुसाइड नोटमा किशोरीले परिवारलाई आफ्नो इज्जत प्यारो भएजस्तै आफूहरूलाई आफ्नो प्रेम प्यारो भएको बताइएको छ । उनीहरूको सुसाइड नोटमा आफूहरूको शबको अन्तिम संस्कार सँगै गर्न अनुरोध गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्