
गत २१ डिसेम्बरमा हरिश नामको एक फेसबुक एकाउन्टबाट साउदी अरबको मक्कामा राममन्दिर बन्ने भन्दै स्ट्याटस पोस्ट भयो ।
साउदी अरबमा बस्ने भारतीय नागरिकले उक्त पोस्ट गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
इशनिन्दा गरेको आरोपमा उनलाई गिरफ्तार गरी कारवाहीको प्रक्रिया अघि बढाइएको साउदी प्रहरीले जनाएको छ ।
उनी बीजेपी कार्यकर्ता रहेको बुझिएको छ । भारतीय मिडियाहरूले उनको गिरफ्तारी गरिएको समाचारहरू प्रकाशित गरिरहेका छन् ।
साउदी प्रहरीले उनलाई गिरफ्तार गरेको बारेमा भारतको कर्नाटक सरकारलाई जानकारी गरिसकिएको छ ।
पक्राउ पर्नेको नाम हरिष्ट बंगेरा र कर्नाटकाको कुन्दपुरनिवासी हुन् ।
उनी साउदी अरबको दमाममा एयर कन्डिसनर मिस्त्रीको रूपमा काम गर्ने गर्थे ।
साउदी अरबको कानून अनुसार उनलाई अधिकतम सजायँका रूपमा फाँसीसमेत हुन सक्छ ।